Friday, November 3, 2023

कसरी प्रेरितहरू मरे।

 कसरी प्रेरितहरू मरे।

 १. मत्ती

 इथियोपियामा शहीद भए, तरवारको घाउले मारिए।


 2. मर्कुश

 अलेक्जान्ड्रिया, इजिप्टमा मरे, घोडाहरूले सडकमा घिसार्दै उनको मृत्यु नभएसम्म।


 ३. लुका

 हराएकाहरूलाई उनको ठूलो प्रचारको परिणाम स्वरूप ग्रीसमा फाँसी दिइएको थियो।


 4. युहन्ना

 रोममा सतावटको लहरमा उमालेको तेलको विशाल बेसिनमा उमालेर शहीदको सामना गर्नुपरेको थियो।  तर, उहाँ चमत्कारपूर्ण रूपमा मृत्युबाट मुक्त हुनुभयो।

 त्यसपछि युहन्नालाई पतमोसको जेल टापुको खानीमा सजाय सुनाइयो।  उनले आफ्नो भविष्यसूचक प्रकाशको पुस्तक पतमोसमा लेखे।  प्रेरित युहन्नालाई पछि मुक्त गरियो र आधुनिक टर्कीमा एडेसाको विशपको रूपमा सेवा गर्न फर्कियो।  उहाँ वृद्ध मानिसको रूपमा मर्नुभयो, शान्तिपूर्वक मर्ने एकमात्र प्रेरित


 ५. पत्रुस

 उहाँलाई एक्स आकारको क्रुसमा उल्टो क्रुसमा टाँगिएको थियो।

 चर्चको परम्परा अनुसार येशू ख्रीष्ट मर्नुभएको थियो जसरी उहाँले मर्न अयोग्य महसुस गर्नुभयो भनेर आफ्ना पीडा दिनेहरूलाई बताउनुभएको थियो।


 6. याकुब

 यरूशलेमको चर्चका अगुवालाई मन्दिरको दक्षिणपूर्वी शिखरबाट सय फिट तल फ्याँकिएको थियो जब उनले ख्रीष्टमा आफ्नो विश्वासलाई अस्वीकार गर्न अस्वीकार गरे।  जब तिनीहरूले पत्ता लगाए कि उनी पतनबाट बाँचे, उनको

 शत्रुहरूले याकुबलाई फुलर्स क्लबले मारेर कुटेका थिए।

 * यो त्यही शिखर थियो जहाँ शैतानले प्रलोभनको समयमा येशूलाई लगेको थियो।


 ७. जब्दीका छोरा याकूब,

 येशूले उहाँलाई जीवनभरको सेवाको लागि बोलाउनुहुँदा व्यापारमा माछा मार्ने व्यक्ति थिए।  चर्चको एक बलियो नेताको रूपमा, याकुबलाई यरूशलेममा टाउको काटिएको थियो।  याकुबलाई पहरा दिने रोमी अफिसर छक्क परे जब याकुबले आफ्नो मुद्दामा आफ्नो विश्वासको रक्षा गरे।  पछि, अधिकारी याकुबको छेउमा मृत्युदण्डको ठाउँमा गए।  विश्वासद्वारा विजयी भएर, उनले आफ्नो नयाँ विश्वासलाई न्यायाधीश र याकुबको छेउमा केनेल्टलाई ईसाईको रूपमा शिर काट्ने स्वीकार गर्न घोषणा गरे।


 8. बार्थोलोम्यू

 नथानिएल भनेर पनि चिनिने एसियाका मिसनरी थिए।  उनले वर्तमान टर्कीमा हाम्रा प्रभुको लागि साक्षी दिए।  बार्थोलोम्यूलाई आर्मेनियामा प्रचारको लागि शहीद गरिएको थियो जहाँ उनलाई कोर्राले मारिएको थियो।


 9. एन्ड्रयू

 ग्रीसको पेट्रासमा एक्स आकारको क्रुसमा टाँगिएको थियो।  सात सिपाहीहरूले नराम्ररी कोर्रा लगाएपछि उहाँको पीडालाई लम्ब्याउनको लागि तिनीहरूले उहाँको शरीरलाई डोरीले क्रुसमा बाँधे।  उहाँका अनुयायीहरूले रिपोर्ट गरे कि, जब उहाँलाई क्रुसतर्फ लगियो, एन्ड्र्यूले यसलाई यी शब्दहरूमा अभिवादन गरे: 'मैले लामो समयदेखि यो खुसीको घडीको चाहना र अपेक्षा गरेको छु।  क्रुसलाई ख्रीष्टको शरीरमा झुण्ड्याएर पवित्र गरिएको छ।'  तिनले आफ्ना सतावट दिनेहरूलाई दुई दिनसम्म प्रचार गरिरहे जबसम्म तिनको म्याद समाप्त भयो।


 10. थोमस

 उपमहाद्वीपमा चर्च स्थापना गर्न आफ्नो मिसनरी यात्राको क्रममा भारतमा भालाले प्रहार गरिएको थियो।


 11. यहूदा

 ख्रीष्टमा आफ्नो विश्वासलाई अस्वीकार गर्न अस्वीकार गर्दा काँडले मारिएको थियो।


 12. मतियास

 विश्वासघाती यहूदा इस्करियोटको ठाउँमा चुनिएका प्रेरितलाई ढुङ्गाले हानेर टाउको काटियो।


 13. पावल

 इस्वी संवत् ६७ मा रोममा दुष्ट सम्राट नेरोद्वारा यातना दिइयो र त्यसपछि टाउको काटियो। पावलले लामो कारावास सहे, जसले गर्दा उनले आफ्ना धेरै लेख्न पाए।

 उनले सम्पूर्ण रोमन साम्राज्यमा बनाएका मण्डलीहरूलाई पत्रहरू लेखे।  यी पत्रहरू, जसले ईसाई धर्मका धेरै आधारभूत सिद्धान्तहरू सिकाउँछन्, नयाँ नियमको ठूलो भाग बनाउँछन्।


 हुनसक्छ यो हामीलाई सम्झाउने कुरा हो कि विश्वासको खातिर प्रेरितहरू र चेलाहरूले भोगेका तीब्र सतावट र चिसो क्रूरताको तुलनामा यहाँ हाम्रा पीडाहरू साँच्चै कम छन्।  र मेरो नाउँको खातिर सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्: तर जो अन्तसम्म सहन्छ उसले उद्धार पाउनेछ।

 अन्य ख्रीष्टियानहरूलाई प्रोत्साहन दिन अगाडि बढ्नुहोस्

 हामी प्रार्थनामा किन निद्रा लाग्छ,

 तर ३ घन्टाको चलचित्र मार्फत जागा रहनु हुन्छ ?

 पवित्र पुस्तक हेर्दा हामी किन यति धेरै अल्छी छौं,

 तर अन्य पुस्तकहरू पढ्न सजिलो छ?

 परमेश्वरको बारेमा सन्देशलाई बेवास्ता गर्न किन सजिलो छ,

 तैपनि हामी नराम्रालाई अगाडि बढाउँछौं?

 किन प्रार्थनाहरू सानो हुँदैछ,

 तर बार र क्लबहरू विस्तार हुँदैछन्

 सेलिब्रेटीको पूजा गर्न किन यति सजिलो छ,

 तर भगवान संग संलग्न हुन धेरै गाह्रो छ?

 यसको बारेमा सोच्नुहोस्, के तपाइँ यसलाई अगाडि बढाउन जाँदै हुनुहुन्छ?

 के तपाइँ यसलाई बेवास्ता गर्न जाँदै हुनुहुन्छ, किनकि तपाइँ सोच्नुहुन्छ कि तपाइँ हाँस्नुहुनेछ?

 तपाईका सबै साथीहरूलाई यो फर्वार्ड गर्नुहोस्।

 तपाईं मध्ये 80% यो फर्वार्ड गर्दैनन्।

 परमेश्वरले भन्नुभयो: यदि तपाईंले मलाई आफ्ना साथीहरूको अगाडि इन्कार गर्नुभयो भने, म न्यायको दिनमा तपाईंलाई इन्कार गर्नेछु:


 जब एउटा ढोका बन्द हुन्छ, परमेश्वरले दुईवटा खोल्छन्: यदि परमेश्वरले तपाईंको लागि ढोका खोलिदिनुभएको छ भने, यो सन्देश तपाईंको सम्पर्क सूचीमा रहेका सबैलाई पठाउनुहोस्।


 यस सन्देशलाई हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचारमा तपाईंको योगदान बनाउनुहोस्, धन्य हो।


Copied from Online for study purposes 

Tuesday, October 25, 2022

लाश गाड्ने वा जलाउने विषयमा बाइबलले के भन्छ ?


२० नोभेम्बर २०११ (अर्थात् २०६८ साल मंसिर ४ गते) आइतबारका दिन रातको ८ बजेर ५९ मिनेट जाँदा काठमान्डौको कलङ्कीस्थित सहिद मेमोरिएल अस्पतालमा ९० वर्षको दीर्घायुमा मेरा पिता मान बहादुर अधिकारी प्रभुमा सुत्नुभयो । भोली पल्ट चर्चमा अन्त्येष्टिको कार्यक्रम गरी दफनको लागि हामीले मृत शरीरलाई ट्रकद्वारा ७ घण्टाको यात्रा गरी आफ्नो गृहनगर आरुघाट लग्यौँ र बुढी गण्डकीको तीरमा दफन गर्‍यौँ । एकातिर काठमाडौँमा गाड्नलाई जग्गा थिएन भने अर्कोतिर कफिन बक्स बनाएर गाडियोस् भन्ने बुबाको इच्छा थियो । उहाँ नामुद जँड्याहाबाट दह्रिलो विश्वासीमा रूपान्तरण हुनुभएको थियो ।


हाम्रो मण्डलीमा मृत्युपश्चात् कतिपय विश्वासीहरू गाडिए भने कतिपयलाई जलाइयो । कतिलाई टेकु त कतिलाई आर्यघाटमा जलाइएको छ भने कतिलाई वनकाली त कतिलाई अन्यत्र गाडिएको छ । गाड्ने वा जलाउने भन्नेमा परिस्थिति र आफन्तहरूको इच्छा निर्णायक बने ।

अब्राहामकी पत्नी साराको मृत्यु भएपछि तिनले “‍सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाका खेतको ओड़ारमा गाड़े” (उत्पत्ति २३:१९) । अब्राहामको मृत्युपश्चात् तिनका छोराहरूले तिनलाई “हित्ती सोहोरको छोरो एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्‍पेलाको ओड़ारमा गाड़े” (उत्पत्ति २५:९) । याकूबकी पत्नी राहेलको निधनपश्चात् मानिसहरूले “बेथलेहेम जाने बाटोमा … तिनलाई गाड़े” (उत्पत्ति ३५:१९) । मोआबमा मोशाको मृत्युभएपछि परमेश्वरले “मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा … तिनलाई गाड्‌नुभयो” (व्यवस्था ३४:६) । यहूदाका तृतीय राजा आसा आफ्ना पित्रहरूसित सुतेपछि “तिनी त्‍यस चिहानमा गाड़िए, जो तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति बनाएका थिए” (२ इतिहास १६:१४) । येशूको मृत्युपश्चात् अरिमाथियाका योसेफले “मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे, र तिनले चट्टानमा खोपेर बनाएका आफ्‍नै नयाँ चिहानमा त्‍यो राखे” (मत्ती २७:५९-६०) ।

गाड्ने विषयमा पुरानो करारमा मात्रै २०० ओटाभन्दा बेसी सन्दर्भ पाइन्छन्[i] जसले प्रस्ट पार्छन् कि मृत शरीरलाई गाड्नु इस्राएलीहरूको प्रचलित चलन थियो । चिहान, गुफा वा जमिनमा गाडी मृत शरीरलाई तह लगाउनु इस्राएलीहरूको सामान्य अभ्यास थियो । पुरानो र नयाँ करार दुवैमा मृत शरीरलाई गाड्नु प्रचलित अभ्यास थियो भन्ने कुरामा कसैले वादविवाद गर्छ जस्तो मलाई लाग्दैन ।

तर बाइबलमा यदाकदा लाशहरू जलाइएका सन्दर्भहरू पनि पाइन्छन् । आकानको पापको कारण “सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए” (यहोशू ७:२५) । संयुक्त इस्राएल राज्यका प्रथम राजा शाऊल र तिनका छोराहरूका लाश जलाइए, “पलिश्‍तीहरूले शाऊलको मृतशरीरलाई जे गरेका थिए त्‍यो जब याबेश-गिलादका मानिसहरूले सुने, तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्‍याए, र ती लाशहरूलाई जलाइदिए” (१ शमूएल ३१:११) । अर्को ठाउँमा लेखिएको छ, “त्‍यहाँका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजाहारीहरूलाई योशियाहले वेदीहरूमाथि मारे, र ती वेदीहरूमा तिनले मानिसहरूका हड्डी जलाए” (२ राजा २३:२०) । परमप्रभु भन्नुहुन्छ, “[मोआबले] एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले म मोआबमा आगो पठाइदिनेछु” (आमोस २:१-२) । नयाँ करारमा पावलले लेखे, “यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन” (१ कोरिन्थी १३:३) ।

पुरातात्त्विक अभिलेखअनुसार कम्तीमा पनि १७,००० वर्षअगि मान्छेलाई जलाउने अभ्यास गरिन्थ्यो भन्ने साक्षी पाइन्छ ।[ii] आजभन्दा झन्डै ३,००० वर्षअगि रोमीसाथै ग्रिकहरूले लाश जलाउने गर्थे ।[iii]

ऐतिहासिक रूपमा ख्रीष्टियानहरूले जलाउनुभन्दा गाड्नुलाई रोज्दै आएका भए तापनि आज ख्रीष्टियान जगत्‌का तीनवटै हाँगा (रोमन क्याथोलिक, प्रोटेस्टेन्ट र ग्रिक अर्थोडक्स) ले जलाइउनुलाई अस्वीकार गर्दैनन् ।[iv] ६५% ख्रीष्टियान रहेको मुलुक[v] अमेरिकामा गाड्नेभन्दा जलाउने (मेसिनबाट) हरूको सङ्ख्या बढ्दो छ ।[vi] गाड्नुभन्दा जलाउनु सस्तो पर्नु यसको सामान्य कारण हो ।

प्रतिष्ठित बाइबल विद्वान् जोन माकार्थुर भन्छन्, “वास्तवमा विश्वासीहरूको दफनको आवश्यक तरिकाबारे धर्मशास्त्रले केही पनि भन्दैन ।” तिनको भनाइको मतलब हुन्छ कि ख्रीष्टियानहरूको सन्दर्भमा बाइबलले जलाउनुपर्छ वा गाड्नुपर्छ भनी तोक्दैन । बाइबलमा जलाउन निषेध गरिएको छैन भन्ने कुरामा विश्व प्रसिद्ध सुसमाचार प्रचारक बिल्ली ग्राहम सहमत छन् ।[vii] जलाउने वा गाड्ने सम्बन्धमा बाइबलमा ख्रीष्टियानहरूलाई प्रस्ट आज्ञा नदिइएकोले आज जलाउने अभ्यासमा अधिकांश अगुवाहरूको सहमति छ ।[viii]

बाइबलको समयमा गाड्नु सामान्य चलन भए तापनि जलाउन निषेध गरिएको छैन । बाइबलको कुनै पनि खण्डमा जलाउनु अनुपयुक्त छ भनी व्यक्त गरिएको छैन न त जलाउने कार्यसित कुनै न्याय वा सराप गाँसिएको छ । जलाउनु पाप हुन्थ्यो भने पक्कै पनि परमेश्वरले यसको भर्त्सना गर्नुहुन्थ्यो जस्तो उहाँले कैयौँ अन्य धार्मिक अभ्यासहरूको भर्त्सना गर्नुभयो ।

मान्छे माटो हो र मरेपछि त्यो माटैमा फर्केर जानेथियो भनी परमेश्वरले भन्नुभयो, “माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌ । किनकि माटैबाट तँ निकालिएको थिइस्‌ । तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌” (उत्पत्ति ३:१९) । गाड्दा वर्षौंपश्चात् मान्छे माटोमा परिणत हुन्छ भने जलाउँदा छिट्टै नै । दुवैको आखिरी उद्देश्य शरीरलाई धूलोमा परिणत गर्नु नै हो । फरक यति मात्र हो कि एउटाले छिटो गर्छ भने अर्कोले ढिलो । जलाइएको शरीरको भविष्यमा पुनरुत्थान हुँदैन कि भन्ने सोच अपरिपक्व हो । किनकि परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ भनी ख्रीष्टियानहरू विश्वास गर्छन् । चाहे जलाइएर होस् वा गाडिएर, दुवै माध्यमबाट शरीर धूलोमा परिणत हुन्छ र भविष्यमा त्यही धुलोको मान्छेलाई परमेश्वरले पुनरुत्थान गराउनहुने छ ।

निष्कर्षमा, अन्य मनग्गे विषयहरूजस्तै गाड्नु वा जलाउनु ख्रीष्टियान स्वतन्त्रताको विषय हो । एउटा मण्डलीले गाड्न सक्छ भने अर्कोले जलाउन । एउटै मण्डलीमा पनि एउटा विश्वासीले गाड्नुलाई रुचाउन सक्छ भने अर्कोले जलाउनुलाई । गाड्ने वा जलाउने विषयमा बाइबलले संसारका सबै ख्रीष्टियानलाई एउटै नियम लागु गर्नुभएको छैन । ख्रिस्टमस मान्ने वा नमान्ने, महिनाको एक पटक प्रभु-भोज खाने कि तीन महिनाको एक पटक, मदर्स डे मान्ने वा नमान्ने, शाकाहारी बन्ने कि मांसाहारी बन्ने, जलाउने वा गाड्नेजस्ता भन्नेजस्ता सैयौँ विषयहरू ख्रीष्टियान स्वतन्त्रताका विषयहरू हुन् । तसर्थ यस्ता सवालहरूमा हरेक मण्डली र हरेक ख्रीष्टियानलाई एउटै नियम लागु हुँदैन । बाइबलले दिएको स्वतन्त्रताको सदुपयोग गरी एकले अर्कालाई आदर गर्न सिकौँ ।

सन्दर्भ स्रोतहरू

Source: https://kamaladhikari.com.np/2091/

[i] https://www.christianity.com/wiki/christian-life/what-does-the-bible-say-about-cremation.html Accessed on 19 May 2021

[ii] https://en.wikipedia.org/wiki/Cremation#History Accessed on 19 May 2021

[iii] https://cremationinstitute.com/bible-say-about-cremation/ Accessed on 19 May 2021

[iv] https://en.wikipedia.org/wiki/Cremation#Religious_views Accessed on 19 May 2021

[v] https://en.wikipedia.org/wiki/Christianity_in_the_United_States Accessed on 19 May 2021

[vi] https://www.christianity.com/wiki/christian-life/what-does-the-bible-say-about-cremation.html Accessed on 19 May 2021

[vii] https://cremationinstitute.com/bible-say-about-cremation/Accessed on 19 May 2021

[viii] https://cremationinstitute.com/bible-say-about-cremation/ Accessed on 19 May 2021

सूर्यग्रहणको बाइबलीय अवधारणा


म सानो हुँदाको कुरा हो, सूर्यग्रहणको दिन गाउँमा कोलाहल मच्चिन्थ्यो। कुनै जात विशेषको नाम जोडेर ‘छोड्, छोड्’ भनिन्थ्यो! चन्द्र ग्रहण लाग्दा पनि यसरी नै गाली गरेको सुनिन्थ्यो! योचाहिँ मेरो बाल-मष्तिष्कमा जमेर बसेको विस्मरण हो, तर सूर्यग्रहण लाग्दा पृथ्वीवासीलाई असर पार्छ भन्ने भ्रमहरू फैलाउन ज्योतिषविद्या सक्रिय छ, जस्तैः ‘‘ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र बन्ने, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी हुने, भोजन गरे अधोगतिमा पुग्ने, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने जस्ता कुराहरू धार्मिक ग्रन्थमा वणर्न गरिएका छन्।’’1 ग्रहण कहिले हुन्छ र किन हुन्छ भन्ने कुरो मानिसलाई अगाडि नै जानकारी हुनु मानवमा रहेको आविष्कार गर्ने क्षमताको विकास मान्नुपर्दछ। पृथ्वीबाहेक बाहिरको संसारमा हुने गतिविधिलाई जान्नु सानो विज्ञान होइन, तर अझै पनि ज्योतिषशास्त्रले तथानाम व्याख्या गरेर मानिसलाई त्रासित पार्न भ्याएको देख्दा सृष्टिको रहस्यमय सुन्दरतालाई व्याख्या गर्ने काममा विज्ञान अझै हारेको अवस्था छ।

सूर्यग्रहण के हो?

भौतिक विज्ञानले देखाएअनुसार, सौर्य मण्डलमा पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने पनि चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। घुम्ने क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दा चन्द्रमाको ढाकिने आकार बराबर सूर्यको केही वा सबै प्रकाश छेकिदिन्छ, जसले गर्दा पृथ्वीमा पूरा, आधा र आंशिक अँध्यारोले ढाक्छ। यस घटनालाई सूर्यग्रहण भनिन्छ। सूर्यमा पूरा, आधा र आंशिक अन्धकार छाउनुमा सूर्य-चन्द्रमा-पृथ्वीको ढल्काइले भूमिका खेल्छ। यो औसत हरेक १८ महिनामा कहीँ न कतै ग्रहण लागिरहेको हुन्छ।2 नेपालको आकाशमा ग्रहण लाग्दा अरू देशमा लाग्दैन र अरू देशमा ग्रहण लाग्दा यहाँ लाग्दैन। यसको अर्थ यो सौर्य मण्डलमा नियमित चलिरहने गतिविधि हो। ग्रहण लाग्दा अन्धकार हुनुमा कुनै देवीदेवता, भगवान, शैतानजस्ता अदृश्य शक्तिको भूमिका हुँदैन। यसकारण सूर्यग्रहण हुँदा, यस विषयमा तथानाम व्याख्या गर्नु अन्धविश्वास मात्र हो।
बाइबलीय अवधारणा

परमेश्वरलाई अन्धकार कति पनि मन पर्दैन किनभने उहाँले दिनको लागि घाम र रातको लागि छुट्टाछुट्टै ज्योतिहरू बनाउनुभयो। यस विषयमा यस्तो लेखिएको छ, ‘‘परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो — ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो’’ (उत्पत्ति १,१६)। यी अनगिन्ती ताराहरूसहित विशाल ज्योतिहरू घुम्ने बेला ठोक्किँदैन र आ–आफ्नो मार्गमा घुम्दा पृथ्वीमा ओझेल पर्ने गरी बसाल्नुभयो। यतिका ज्योतिहरू बनाउनुहुनेले बेला बखत अन्धकार छाउने गरी, अर्थात ग्रहण लाग्ने नियम बनाएर के सन्देस दिन खोज्नुभएको छ भन्ने कुरो बुझ्न निकै गाह्रो छ, तर म यहाँ दुइटा अर्थहरू अगि सार्न चाहन्छुः

पहिलो, आफ्नो रहस्य परमेश्वरले सृष्टिमा लुकाइदिनुभएको छ। यस सम्बन्धमा रोमी १,२०-२१ मा लेखिएको छ,

२०उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।

२१किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो।

परमेश्वरलाई आमने-सामने देख्न सकिँदैन, तर उहाँलाई उहाँको आफ्नै सृष्टिबाट ठम्याउन सकिन्छ। वास्तवमा विज्ञानले गर्ने काम भनेको सृष्टिमा रहेका रहस्यहरूलाई मानिसको समझले बुझ्न सक्ने गरी पत्ता लगाएर प्रस्तुत गर्नु हो। सूर्य/चन्द्र ग्रहणको रहस्य पनि धेरै पछि मात्र विज्ञानले पत्ता लगाएको तथ्य हो। सृष्टिमा लुकेका कतिपय रहस्यहरू अझै पनि खोल्न सकिएको छैन।

दोस्रो, सूर्यग्रहणले यो सङ्केत दिँदछ कि परमेश्वरविना संसार अन्धकारमय छ। यो तथ्य बुझ्नको लागि येशू कलवरीमा टाँगिनुहुँदा भएको अन्धकारलाई विचार गर्नुस्। येशूले प्राण त्याग्नुभएपछि त्यहाँ दिउँसै अँध्यारो भयो। ज्योतिको परमेश्वर नहुनुहुँदो त, संसारको हालत के हुन्थ्यो भन्ने कुरो यहाँ स्पष्ट छ।

बाइबलमा ‘सूर्यग्रहण’ भन्ने शब्द चलाइएको छैन, तर पनि दिउँसै अन्धकार छाएका घटनाहरू पढ्न पाइन्छ। यसलाई बाइबलका धेरैजसो व्याख्याताहरूले ‘सूर्यग्रहण’को दृष्टिबाट हेरेका छन्। बाइबलमा अभिलेख गरिएको सबैभन्दा पहिलो घटना रहेको छ, मिश्रमा फारोको विरुद्ध परमेश्वरले लगतार तीन दिनसम्म अन्धकारको विपत्ति पठाउनुभयो। यस बारे प्रस्थान १०,२१-२३मा लेखिएको छ,

फेरि परमप्रभुले मोशालाई भन्नुभयो, ‘तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्यारो भइजाओस्। छाम्दा थाहा पाउनेजस्तो अन्धकार होस्।’ २२अनि मोशाले आफ्नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्म निस्पट्ट अन्धकार भयो। २३तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो।

मिश्रमा तीन दिन अन्धकार पार्ने काम सृष्टिकर्ता स्वयमले गर्नुभएको हो। सृष्टिमा परमेश्वरले पृथ्वी, चन्द्रमा र सूर्य घुमिरहने प्रणाली रच्नुभयो र मिश्रमा विपत्ति पठाउनुहुँदा मिश्रको भागमा पर्ने गरी सूर्यलाई चन्द्रमाले ढाक्न दिनुभएको अर्थ सहजै लाउन सकिन्छ। यसै गरी येशू क्रूसमा टाँगिनुहुँदा पनि लगभग यस्तै किसिमको घटना घट्यो। मत्ती २७,४५-४६ र मर्कूस १५,३३-३४मा दिउँसै अँध्यारो भएको बयान गरिएको छ, विशेष गरी मर्कूस १५,३३-३४मा यस्तो लेखिएको छ,

३३बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो। ३४तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, ‘इलोई, इलोई, लामा सबखथनी?’— जसको अर्थ हो, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’

यही घटनालाई लूकाले अलि फरक शब्दावली चलाएर लेखेका छन्,

४४प्रायः दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। ४५सूर्यको तेजै कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो (लूका २३,४४-४५)।

कलवरीमा सूर्यले प्रकाश नदिएको घटनालाई सूर्यग्रहण नै भएको भन्नुपर्ने अवस्था देखिन्छ।3 मिश्र र कलवरीका दुई घटनाहरूलाई नियाल्दा कुरो प्रष्ट हुँदछ कि उहाँले आफ्नो योजना पूरा गर्न हामीले भन्दै आएको सूर्यग्रहणलाई चलाउनुभयो, अर्थात् चन्द्रमाले सूर्यलाई छेक्ने बनाउनुभयो। सृष्टिकर्तासँग आफैले बसालेको नियमलाई चलाउने र उल्टाउने अधिकार छ – यसैलाई हामी आश्चर्यकर्म भन्दछौँ।

सूर्य र चन्द्र अँध्यारो हुने विषयमा बाइबलले विभिन्न प्रसङ्गमा स्पष्टसँग बताएको छ। सृष्टिमा देखिने यस्तो अनौठो लाग्ने नियमलाई हामीले भन्ने गरेको ग्रहणसँग तुलना गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा हामी जान्दैनौं, यसलाई बाइबलले ‘परमप्रभुको दिन’को रूपमा व्याख्या गरेको छ। सूर्यग्रहणसँग तुलना गर्न मिल्ने बाइबलका त्यस्ता पदहरूको टिप्पणी दिइएको छ।

यशैया १३,१०

आकाशका ताराहरू र तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन्। सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, र चन्द्रमाले ज्योति दिनेछैन।

इजकिएल ३२,७

मैले तेरो नामनिशाना मेट्दा म आकाश ढाकिदिनेछु,र त्यसका ताराहरूलाई अँध्यारो पारिदिनेछु। म सूर्यलाई बादलले ढाक्नेछु, र चन्द्रमाले प्रकाश दिनेछैन।

योएल २,१०,३१

पृथ्वी तिनीहरूका सामुन्ने काम्छ, आकाश थरथराउँछ। सूर्य र चन्द्र अँध्यारा हुन्छन् र ताराहरूले आफ्नो चमक दिँदैनन्। परमप्रभुको त्यो महान् र भयङ्कर दिन आउनुभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्।

योएल ३,१५

सूर्य र चन्द्र अँध्यारा हुनेछन् र ताराहरूले आफ्नो चमक दिनेछैनन्।

प्रकाश ६,१२

जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें। सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो।

मत्ती २४,२९

ती सृष्टिका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्।

मर्कूस १३,२४

तर ती दिनमा त्यस महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन।
सूर्यग्रहण आविष्कार

चिनियाँहरूले २१३७ ईपूभन्दा अगि नै सूर्यग्रहणको विषयमा हिसाब राखेको रेकर्ड पाइएको छ। अनि माया सभ्यताले पनि ग्रहणको तालिका तयार पारेको देखिन्छ।4 सौर्य मण्डलमा हुने गतिविधि बारे सुमेरियन र चिनियाहरूले रेकर्ड राख्ने बेला सूर्यग्रहणलाई टिप्पणी गरेका थिए। ग्रीक दार्शनिक एनाक्सगोरस – Anaxagoras (५००-४२८ ई पू) ले चन्द्रमालाई सूर्यले चहकिलो पार्छ भन्ने पत्ता लगाए भने यसैबाट चन्द्रमाको छायाँले सूर्यग्रहण हुन्छ भन्ने कुरा पत्ता लाउन सजिलो भयो। विज्ञानका इतिहासकारहरूलाई लाग्दछ कि परमिनिडस – Permenides (५१२-४५० ईपू) वा इम्पिडोक्लिस – Empedocles (४९३-४३३ ई पू) नै पहिलो व्यक्ति हुन् जसले चन्द्रमाले सूर्यबाट प्रकाश पाएर परावर्तन गर्छ।5 पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आएपछि सूर्यग्रहण हुन्छ भन्ने कुरा धेरै पछि मात्र थाहा हुन आयो, यसको श्रेय अक्रगास (Acragas) का एम्पिडोक्लिस र क्लाजोमेनेइ (Clazomenae) का अनाक्सगोरसलाई जान्छ।6 -१०९
निष्कर्ष

बेला बखत दिउँसै अँध्यारो हुने घटना मानिसको लागि अचम्मको कुरा हो, जसले विभिन्न युगका मानिसहरूलाई सोचनीय बनायो र यसैलाई आधार बनाएर विभिन्न अन्धविश्वाससहितका धार्मिक विषय बनाएर त्रास फैलाइए। वास्तवमा खगोलशास्त्रीय हिसाबले यो अति नै रोचक र नयाँ खोजको लागि मौकाको विषय हो।

नासाले बताएअनुसार, सूर्यग्रहणले पृथ्वीवासीको जीवनाचर्यामा कुनै असर गर्दैन, जसकारण यसलाई शुभ/अशुभको कुरो गरेर त्रास फैलाउनु हुँदैन। यति मात्र हो कि ग्रहण लागेको घामलाई सीधा हेरेको खण्डमा आँखाको नानी जल्नसक्छ, – त्यसो त अरू बेला पनि सूर्यलाई नाँगो आँखाले हेरिँदैन र हेर्न पनि सकिँदैन। यसकारण ग्रहण लागेको बेला घाममा सीधै नहेर्न चेताउनी दिइन्छ र हेर्नै परेको खण्डमा विशेष किसिमको चश्मा लाउन सल्लाह दिइन्छ। नेपालमा चाहिँ बाल्टीको पानीमा छायाँ उतारेर हेर्ने गरेको पाइन्छ। पश्चिमी देशमा सूर्यग्रहणको दिन मानिसहरू दूरवीन लिएर बाहिर निस्कँदछन्। सूर्यग्रहण सृष्टिमा परमेश्वरले राखिदिनुभएको उदेकको रहस्य हो, जुन हाम्रो समझले भ्याउने गरी विज्ञानमार्फत प्रकट भएको छ। यसकारण ख्रीष्टियानहरूले सृष्टिकर्तालाई धन्यवाद दिनुपर्दछ।

द्रष्टव्यः वास्तवमा ‘सूर्यग्रहण’ शब्द चलाउँदा पनि होसियार हुनुपर्ने देखिन्छ भने ‘ग्रहण’ शब्द आफैले नकारात्मक अर्थ दिन्छ।

Written By:Ganesh Tamang source - Biblical Advocacy

*Saving this article for educational purposes

Friday, February 21, 2020

Reinhard Bonnke: The man who changed the face of Christianity in Africa

Reinhard Bonnke

Image copyrightEVANGELIST REINHARD BONNKE - FACEBOOK
Image captionBonnke always challenged his followers to take the mantle from him
German-born evangelist Reinhard Bonnke, who attracted massive crowds in Africa during decades of preaching, is being mourned by millions of Christians across the continent following his death aged 79. Kenyan writer Jesse Masai looks back at his influence.
With comparisons ranging from British "Prince of Preachers" Charles Spurgeon to American televangelist Billy Graham, Bonnke's status as the father of modern-day crusade preaching and healing in Africa is not in dispute.
Across the continent, huge week-long church rallies are now commonplace, characterised by mass mobilisation, big tents, colourful podiums, sophisticated public address systems, local language translators and, in some instances, evangelists who mimic Bonnke's oratory and stage antics, including how he firmly gripped microphones.
At the end of some of his sermons, he would ask who in the crowds was hearing God's call to take the microphone from his hands.
His message of redemptive hope became important, particularly in African nations affected by drought, civil strife and other tragedies.
Presentational grey line
Who was Reinhard Bonnke?
  • Born in 1940 in Königsberg, Germany
  • Founded Christ For All Nations (CFAN) mission organisation in 1974
  • CFAN claims Bonnke oversaw more than 79 million conversions to Christianity
  • Died on 7 December 2019
Presentational grey line
Some, like 83 year-old Kenyan pentecostal preacher Wilson Mamboleo - who helped organise Bonnke's forays into East Africa - consider Africa's best-known names on the African Christian scene such as Nigeria's TB Joshua and Kenya's Teresia Wairimu, a direct consequence of Bonnke's early influence.

'Seeing the dead rise'

Bonnke joined Kenya's President Uhuru Kenyatta during the dedication of Wairimu's Faith Evangelistic Ministry Family Church in Nairobi, the country's capital, in August 2016.
"His pioneering, militant approach of open-air crusades was informed by our context. Like the Biblical St Paul, he was aware that he was confronting strong evil forces," says Mr Mamboleo.
His Christ For All Nations (CFAN) organisation, known for its work throughout Africa, claims Bonnke oversaw more than 79 million conversions to Christianity.
  • Presentational grey line
At huge rallies - including one in Nigeria's main city, Lagos, in 2000 that was said to have drawn 1.6 million people - Bonnke claimed to heal people using the powers of God.
He also told followers he had witnessed people rising from the dead, although such "miracles" were dismissed by his critics.

Countries with the largest Christian populations

Five of top 10 projected to be in Africa by 2050
Source: Pew Research Center
Presentational white space
Bonnke's crusading approach at times also stirred controversy.
Stephen Mutua, who between 1986 and 2009 served as an international director under him, remembers riots in mainly Muslim Kano in northern Nigeria in 1990.
The Muslim population had been angered that Bonnke had secured permission to hold a crusade.
"In the ensuing chaos, I found myself in an armoured car for the first time in my life, before the Nigerian military airlifted us to Lagos," Dr Mutua recalls.
"Bonnke, who understood Nigeria's religious dynamics, condoled with the nation in a personal message to the federal government and vowed to return."
People attend the speech of German pentecostal evangelist Reinhard Bonnke during his "farewell gospel crusade", on November 9, 2017Image copyrightAFP
Image captionBonnke held more crusades in Nigeria than in any other African country
Officially at least eight people were killed but unconfirmed reports said hundreds lost their lives.
"After the incident we had our visa applications denied and we didn't return to Nigeria for 10 years."
Dr Mutua, who now heads the African Evangelists Network in Nairobi, said things changed when President Olusegun Obasanjo came into power in 1999.
He notes that Nigeria, the most populous state in Africa, would thereafter regularly welcome Bonnke, more than any other African nation.
Nigerian President Muhammadu Buhari, a Muslim northerner, paid tribute to the evangelist, saying his death was a "great loss to Nigeria, Africa and [the] entire world".
Media captionFake pastors and false prophets shake Christian faith in South Africa
Dr Mutua avers that while Bonnke may have inspired other teachers, pastors, apostles and prophets in Africa and beyond, the evangelist's work remains unfinished.
And while the Associated Press news agency reported in 2014 that Bonnke was living in a $3m (£2.3m) apartment near Palm Beach, Florida, Dr Mutua argues the evangelist was committed to transparency.
"We need to continue in his commitment to scripture and a life of personal integrity for lasting impact," he says.

'Healing ministry was a circus'

Dr Mutua's rosy view of Bonnke is shared by Dr Emily Onyango, a lecturer in Kenya's St Paul's University's department of Theology and Development studies, who believes Bonnke's focus on evangelism has inspired millions of Christians in Africa to have a personal relationship with Christ.
"Although he addressed crusades which had thousands of people, his approach had an individual touch and most people felt that he was personally addressing their needs," she says.
A vendor sells posters with photographs of German pentecostal evangelist Reinhard Bonnke and his successor Daniel Kolenda ahead of the "farewell gospel crusade" of Reinhard Bonnke, on November 9, 2017 in Lagos.Image copyrightAFP
Image captionA "farewell gospel crusade" was held for Bonnke in Nigeria following his death
However, Prof Esther Mombo from the university's Center for Christian-Muslim Relations in Eastleigh (CCMRE), says that Bonnke's impact on Africa is complex and may take researchers some time to properly evaluate.
Established in 2010, the CCMRE has been at the heart of several attempts to build inter-religious relationships between Muslims and Christians in the African context.
Prof Mombo argues that Bonnke's preaching did not always foster peaceful co-existence, but rather rivalry and hatred.
"The people who suffered through such utterances were the ordinary people. There are also those who were exploited," she says.
"His healing ministries appeared to be strange, and to an extent a circus. Yet I am sure that through his ministry, some people met Christ and grew in faith."
Bonnke held a farewell gospel campaign in 2017 in Nigeria, after which he stepped down as the organisation's leader because of poor health.
His influence, however, can still be felt in many streets in Africa where self-styled preachers, microphone tightly gripped in one hand, brandishing a Bible in the other, urge passers-by to embrace the Christian message.


Friday, November 29, 2019

कसरी भएको थियो येशूका १२ चेलाहरुको मृत्यु ?



कसरी भएको थियो येशूका १२ चेलाहरुको मृत्यु ? को कुन देशमा मारिएका थिए ?




येशू ख्रीष्टका १२ जना चेलाहरु थिए । ति बाह्र जना पहिलो शताव्दीको निकै पिछडिएको समाजबाट आएका थिए । येशूले तिनीहरुलाई विभिन्न समयमा विभिन्न ठाउँबाट बोलाउनुभयो । तिनीहरु येशूसँग साँढे तिन वर्षसम्म रहे र उहाँबाट सिके । येशू संसारबाट जादै गर्नुहुदा उहाँले तिनीहरुलाई उहाँको सन्देश विश्वभरी फैलाउने अभिभारा दिनुभयो । पवित्र आत्माबाट सामथ्र्य पाएर ति मछुवारेहरु येशूको नाउँको घोषणा गर्न लागे । एक साधारण सिकर्मीले सुरुवात गरेको ख्रीष्टियन विश्वासलाई उनीहरुले मध्ये एशिया र यूरोपको ठुलो भागमा फैलाए । के तपाईलाई थाहा छ येशूका एक जना चेला बाहेक बाँकी सबै चेलाहरु मारिएका थिए ? येशूका चेलाहरु कहाँ र कसरी मारिएका थिए । र कुन चेला मात्र कालगतीमा मात्र मरेका थिए भन्ने कुरा हेर्नेछौ । व्याख्या गरिएका सम्पूर्ण घट्नाहरु लिखित स्रोतमा भन्दा पनि पौराणिक स्रोतहरुमा आधारित रहेका छन् ।


युहन्ना दाजु याकुब
 


चेलाहरुमध्ये सबैभन्दा पहिले मारिने चेला यिनी नै थिए । ई.स. ४४ मा याकुबलाई राजा हेरोदले तरवारले काटेर मृत्युदण्ड दिएको कुरा प्रेरित मा उल्लेख गरिएको छ । भनिन्छ उनी निर्भिक प्रचारक थिए । उनी यतिसम्म प्रचार गर्दथे कि जेलमा उनको पहराको लागी खटाइएको सिपाहीलाई समेत उनले ख्रीष्टियन बनाइसकेका थिए । उनको मृत्युदण्डको दिन त्यस सिपाहीलाई तरवार उठाएर याकुबमाथि प्रहार गर्न भनियो । उसले आक्रमण गर्न तरवार उठायो तर आक्रमण गर्न सकेन । उसले त्यही समय याकुबको पहरामा समय विताउँदा आफुपनि ख्रीष्टियन भएको कुरा सबैका सामु स्विकार ग¥यो । हेरोदले त्यो सिपाहीलाई पनि याकुबसँगै मृत्युदण्ड दिने आज्ञा दिए । ति दुवैको शिर काट्ने तयारी भयो । मर्नुअघि याकुबले त्यो सिपाहीलाई भने, “भाई केही क्षणमा नै अनन्तताको देशमा भेटौला ।”


पत्रुसका भाई अन्द्रियास
यिनले इथियोपिया, साइथियन र सेसीमा सुसमाचार प्रचार गरेका थिए । उनले यि क्षेत्रहरुमा जबरजस्त तरिकामा सुसमाचार प्रचार गरे । उनले थुप्रै मानिसहरुलाई प्रभुमा ल्याएँ । मण्डलीहरु सुरु गरे । उनलाई एडेसिजका राज्यपाल एजीयसले सुसमाचार प्रचार नगर्न चेतावनी दिएँ । तर उनले उनको चेतावनीको परवाह गरेनन् । उनले निरन्तर प्रचार कार्य जारी राखे । अन्ततः राज्यपालले अन्द्रियासलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आदेश दिए । मृत्युदण्डका लागि लगिदैगर्दा उनले टाँढैबाट क्रुसलाई देखे र भाभुक हुदै यसो भने, “लामो समयदेखि मैले प्रतिक्षा गरिरहेको हे क्रुस, तिमीलाई स्वागत छ । क्रुसमा चढ्ने ब्यक्तीकै चेला भएकाले म खुशीसाथ, आनन्दले र स्वइच्छाले तिमीकहाँ आउदैछु । म तिम्रो प्रेमी हुँ । तिमीलाई अङ्गाल्नु मेरो सौभाग्य हो ।” त्यहाँ उनले क्रुसलाई अङ्गालो हाले र त्यसपछि उनालई क्रुसमा टाँगियो । उनले क्रुसको पिडादायी स्थितीमा पनि त्यहाँ रहेका मानिहसरुलाई सुसमाचार प्रचार गरिरहे सिपाहीहरुले त्यसपछि उनी चाडै मरुन् भनेर सिपाहीहरुले उनलाई उल्टो पारेर क्रुसमा टाँगे । तर उनी अझै पनि प्रचार गरिरहे । अन्तिममा एक सिपाहीले बञ्चरोले उनको टाउकोमा हिर्काए र उनलाई मारिदिए ।


मर्कुस
मर्कुस बाह्र चेलाहरुमध्ये पर्दैनन् । मर्कुस पत्रुसका दोभाषे थिए । पत्रुस कम पढेलेखेका मानिस भएको हुनाले उनलाई त्यसबेलाका कति भाषाहरुको ज्ञान थिएन । त्यसकारण अनुवादको लागी पत्रुसले मर्कुसलाई साथमा लिएर जाने गर्दथे । पत्रुसबाट उनले येशुका कथाहरु सुने र त्यसैलाई पुस्तकको रुपमा तयार गरे । जो बाइबलमा मर्कुसको सुसमाचारको रुपमा प्रख्यात छ । परम्परा अनुसार मर्कुस मिश्रको अलेक्जेन्ड्रियामा सुसमाचार प्रचार गरेका थिए । परम्परा अनुसार मुर्कसलाई त्यहाँका मानिसहरुले रथमा टाँगेर जमिनमा धसारेर मारेका थिए । उनले त्यहाँ कप्टिक मण्डली पनि स्थापना गरे जो अहिले इजिप्टको सबैभन्दा ठुलो ख्रीष्टियन मण्डली सँगठन हो । उनका हड्डीहरु अझैपनि इजिप्टको कुनै चर्चले सुरुक्षीत राखेको छ ।


सिमोन पत्रुस
पत्रुस येशूका प्रमुख चेलाहरुमध्ये एक थिए । परम्परा अनुसार पत्रुसले रोम शहरमा प्रचार गर्ने काम गरेका थिए । ई.स. ६८ मा रोमी सम्राट नेरोले यिनलाई पक्राउ गरे । नेरो अति नै दुष्ट सम्राट थिए । उनले पत्रुसलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आज्ञा दिए । तर पत्रुसले आफु येशु ख्रीष्ट झै सुल्टो क्रुसमा टाँगिन योग्यको नभएको भन्दै उल्टो क्रुसमा टाँग्न आग्रह गरे । अन्त्यमा सिपाहीहरुले उनलाई उल्टो क्रुसमा टाँगे र उनको मृत्यु भयो । उनको हस्थीहरु अझै पनि सेन्ट पिटर्स चर्च को बेदि मुनी रोममा सुरुक्षीत छ । रोमन क्याथोलिक मण्डलीका पोपले सम्बोधन गर्नका निम्ती बनाइएको स्थान मुनि पत्रुसका अवशेषहरु छन् भन्ने बिश्वास गरिन्छ । क्याथोलिक मण्डलीलाई पत्रुसलाई प्रथम पोपको दर्जा र सन्तको उपाधी दिएको छ ।


फिलीप
परम्परा अनुसार फिलीप र उनका दुई छोरीहरु हिरापोलिसमा शहिद भएका थिए । तर उनीहरुलाई कसरी मारिएको थियो भन्ने बारेमा कुनै स्पष्ट एतिहासीक प्रमाणहरु भने छैनन् ।


बारथोलोमाई
परम्परा अनुसार उनले इराकमा र भारतको उत्तर–पश्चिम भुभागहरुमा प्रचार गरेका थिए । उनले भारतमा त्यहाँको स्थानिय भाषामा मत्तीको सुसमाचारलाई पनि अनुवाद गरेका थिए । उनलाई आरमेनिया देशमा क्रुसमा उल्टोमुखी टाँगेर हत्या गरिएको थियो ।


अल्फयासको छोरा याकुब
परम्परा अनुसार उनले स्पेनसम्म गएर प्रचार गरेका थिए । उनलाई पक्कै पनि मारिएको थियो । तर कहाँ र कसरी मारियो भन्ने बारेमा कुनै निश्चयता छैन ।
सिमोन कनानी
यीनले बेलायतमा गएर प्रचार कार्य गरे र थुप्रै मण्डलीहरु स्थापना गरे । उनलाई त्यही नै मारेर शहिद बनाइयो भन्ने कुरा परम्पराले हामीलाई बताउँदछ ।


कर उठाउने मत्ती
परम्परा अनुसार उनले इथियोपियामा गए र त्यहाँ सुसमाचार प्रचार गर्ने कार्य गरे । उनल थुप्रै इथियोपियाली र मिश्रीहरुलाई प्रभुमा ल्याएँ । त्यहाँका राजा हेरकेनश मत्तीसँगै साह्ै क्रोधित भए र उनलाई भालाले हानेर मार्ने आदेश दिए । उनले येशुको जीवनी लेखेका छन् जो मत्तीको सुसमाचारको नाउँले बाइबलमा प्रख्यात छ ।


येशुका भाई याकुब
यिनी मण्डली इतिहासमा प्रार्थनाका योद्धा भनेर चिनीन्छन् । मण्डली इतिहासकारहरुको भनाई अनुसार उनले यति समय प्रार्थनामा बिताउँथे कि उनको घुडाको छाला ऊटको छाला जस्तो भएको थियो । उनलाई येरुशलेमका प्रधान पुजाहारीहरुले पक्रे र येशुलाई अस्विकार गर्न आज्ञा गरे । याकुबले अस्विकार गरेपछि उनलाई मन्दिरको टुप्पोमा लिएर राखे र फेरी पनि अस्विकार गरे त्यहाँबाट धकेलिदिने चेतावनी दिएँ । याकुब मन्दिरको टुप्पामा गए र येशु नै मशिह हुनुहुन्छ भन्दै आफै हाम फाले । उनी अझैपनि जिवितै थिए तर पछि भिडले उनी माथि ढुङ्गा बर्सायो र उनको मृत्यु भयो ।


थोमा.......
थोमा प्रचार गर्न भारतमा आएँ । उनी भारतमा ई.स. ५१ मा आएका थिए । उनले मद्रासको मलावार क्षेत्रमा सुसमाचार प्रचार गर्ने काम गरे । उनले त्यहाँ येशुको नाउँमा आश्चर्यकर्महरु गरे र मृतकहरुलाई पनि जिवित तुल्याएँ । उनले त्यहाँ ७ वटा ठुला ठुला मण्डलीहरु स्थापना गरे र एल्डरहरु नियुक्त गरे । अन्त्यमा उनलाई त्यहाँका राजाले मार्ने आदेश दिइयो र उनलाई भालाले घोचेर मारियो । उनको चिहान अहिले पनि दक्षिण भारतको मद्रासको चेन्नईमा सुरुक्षीत छ ।


प्रेरित पावल......

प्रेरित पावल पहिलो रोमी कैदबाट छुटे र केही बर्ष प्रचार कार्य गरे । सम्राट नेरोले ई.स.६८ मा उनलाई पुनःपक्राउ गरे र रोम शहरको बाहिर त्रेफोनतेन (त्रेतन फुहाराहरु) भन्ने ठाउँमा शिर काटेर मृत्युदण्ड दिइयो । त्यस ठाउँको नाउँ पहिले अर्कै थियो तर पावलको शिर काटेपछि उनको छिनालिएको टाउँको तिन पटक उफ्रेको र उनको शरिरबाट ३ पटक ठुला ठुला रगतका धारा बगेको कारणले त्यस ठाउँको तिन फुहाराहरु राखियो । पछि तेस्रो शताब्दीमा सम्राट कन्टन्टाइनले उनको चिहानमा मण्डली बनाएँ जो सेन्ट पौल चर्च हो । पावलको अवशेष अहिले पनि सेन्ट पौल चर्च रोमको बेदी मुनी सुरुक्षीत छन् ।


युहन्ना......
येशुका चेलाहरुमध्ये कालगतीले मर्ने चेलाहरुमा युहन्ना मात्र पर्दथे । तर उनले थुप्रै यातनाहरु सहनुपरेको थियो । सम्राट डोमिसियनले उनलाई उम्लैदै गरेको तेलको कराहीमा हालिदिएको थिए तर उनी त्यहाँपनि बाँच्न सफल भए । त्यसपछि उनी कठोर परिश्रम गरेर मरुन् भनेर पत्मोस टापुमा लगियो तर उनले त्यहाँ येशु ख्रीष्टबाट प्रकाश पाएँ र प्रकाशको पुस्तक लेखियो । परम्परा अनुसार उनले येशुकी आमा मरियमलाई लिएर एफिससमा गएर बसेका थिए । पछि त्यही नै येशुकी आमा मरियमको मृत्युभयो । यहुन्ना पनि उमेर खाएर मरे । भनिन्छ उनी मानिसहरुलाई देख्न पनि सक्दैनथे र मण्डलीका भाईहरुले उनलाई बोकेर सङ्गतीमा ल्याउने र लैजाने गर्दथे ।


अन्त्यमा, सबै चेलाहरुले बिभीन्न ठाउँमा गएर प्रचार कार्य गरे र तिनीहरु येशुको निम्ती मारिए पनि । सुसमाचार समृद्धी र आशिशको सुसमाचार हो तर त्यो भन्दा बढ्ता यो त्याग र बलिदानको सुसमाचार पनि हो ।


Source -Nepali Christian

Tuesday, July 5, 2016

धर्म परिवर्तनका पटाक्षेप

आजका नेपाली इसाईहरु :
डा. उद्धव प्याकुरेलबुधवार, असार २२, २०७३

सनातन धर्मको वकालत गर्नेहरू नेपालमा खासगरी ०६२/६३ को जनआन्दोलनपश्चात् धर्म परिवर्तनको माहोल एक्कासि बढेर गएको र पछिल्लो संविधानमार्फत देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने कार्य यसै माहोललाई निरन्तरता दिने षड्यन्त्रको उपजका रूपमा आएको मान्छन् ।
यस मामलामा जब भारतका खासगरी भारतीय जनता पार्टी, विश्व हिन्दु महासंघ र राष्ट्रिय स्वयंसेवक संघनजिकका भारतीय मित्रहरूको र नेपालका केही राजनीतिकर्मीहरूको बुझाइमा एकरूपता देखा पर्‍यो तब नेपालको संविधान निर्माण कार्यमा पनि नजानिँदो किसिमको प्रभाव परेको जनजाहेरै छ ।
अझै खुलेर भन्नुपर्दा आजसम्म पनि भारतका प्रधानमन्त्रीले नेपालको संविधानबारेमा आफ्नो फरक मत राख्दै देश–विदेशमा यसविरुद्ध माहोल बनाउँदै जानुको पछाडिको एउटा कारण नेपालले विभिन्न समयमा आफ्ना नेतामार्फत भारतीय नेतृत्व र संस्थापनसामु नेपाललाई धर्म निरपेक्ष राज्य नबनाउने भनेर खाएको कसम तोडेर देशलाई धर्म निरपेक्ष बनाउनु नै हो ।
त्यसैले यो बुझ्ने अरू धेरै नेताहरू मोदीलाई रिझाउन हो या दक्षिणी छिमेकीको सहयोग पाउने आशामा संविधान जारी भइसकेको अवस्थामा आज पनि संविधानमा धर्म निरपेक्षता हटाउनुपर्नेमा वकालत गर्न तल्लीन देखिएका छन् ।
तर यहाँ प्रश्न गर्न सकिन्छ-के संविधानमा नलेखिएको कारणले हिजो धर्म परिवर्तन नभएको र आज लेखिएको कारण बढेको हो त ? नेपाल सरकारद्वारा संकलित र वितरीत जनगणनाको विगतका तथ्यांक फर्केर हेरौँ । २०१८ को तथ्यांकमा पहिलोपटक क्रिस्चियन धर्म मान्नेहरू भनेर छुट्ट्याइएको पाइन्छ र त्यस जनगणनाअनुसार त्यसबेला जम्मा ४५८ जना नेपालमा क्रिस्चियन धर्म मान्नेहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।



तत्पश्चात् भएका जनगणनामा भने यो धर्म मान्नेहरू विस्तारै बढेर गएको पाइन्छ, जसअनुसार २०२८ को जनगणनाले २५४६, २०३८ को जनगणनाले ३८९१ र २०४८ को जनगणनाले ३१२८०, २०५८ को जनगणनाले १०१९७६ अनि २०६८ को जनगणनाले ३७५६९९ क्रिस्चियन धर्मावलम्बी देखाएको छ । यसलाई प्रति दसक वृद्धिदरमा हेर्दा २०१८ बाट २०२८ मा ४५५ प्रतिशत, २०२८ बाट २०३८ मा ५३ प्रतिशत, २०३८ बाट २०४८ मा ७०४ प्रतिशत, २०४८ बाट २०५८ मा २२६ प्रतिशत र २०५८ बाट २०६८ मा २६८ प्रतिशतले वृद्धि भएको पाइन्छ ।
पञ्चायतकाल र बहुदलीय व्यवस्था आएपश्चात्को क्रिस्चियन धर्मावलम्बीहरूको वृद्धिदर तुलना गरेर हेर्ने हो भने २०१८ देखि २०४८ सम्मको ३० वर्ष नेपालमा क्रिस्चियन धर्मावलम्बीहरूको वार्षिक वृद्धिदर २२४ प्रतिशत रहेको र ३० वर्षमा झन्डै ६७ गुणाले बढेकोबाट देखाउँछ भने पछिल्लो २० वर्षको वार्षिक वृद्धिदर जम्मा ५५ प्रतिशत र २० वर्षमा जम्मा ११ गुणाले मात्र बढेको देखिन्छ ।
धर्म परिवर्तनको हिसाबले मानिसहरूले ०६२÷६३ को जनआन्दोलनपश्चात्को अवधिलाई दोष थोपर्नुको कुनै तर्क र औचित्यपूर्ण रहेको देखिएन किनभने तथ्यांकले पञ्चायतकाल नै क्रिस्चियन धर्मावलम्बीहरूको लागि स्वर्णयुग देखाइदियो । धर्म परिवर्तन र क्रिस्चियन धर्मावलम्बीहरूको द्रूत वृद्धिदरको कारण के त ?

जब राजा महेन्द्रले पञ्चायतका नाममा उनका पुर्खा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाललाई असली हिन्दुस्थान बनाउने लक्ष्यलाई साकार रूप दिन संविधानमै नेपाललाई हिन्दु राज्य घोषणा गरी हिन्दुकरण र नेपालीकरणको कार्यक्रमलाई बढाबा दिएको अवस्थामा यहाँ क्रिस्चियन धर्मावलम्बीहरूको वृद्धिदर इतिहासमै अत्यधिक रहेको पाइयो ।
यसको मतलब नेपाललाई धर्म निरपेक्ष या सापेक्ष राष्ट्र घोषणा गर्दैमा यसको धर्म परिवर्तन गर्नेसँग तालमेल देखिन्न र यो देश कट्टर हिन्दुवादी राष्ट्र भइरहँदा पनि यो प्रक्रिया निरन्तर चलिरहेको थियो भन्न सकियो । तर राष्ट्रधर्मसँग सम्बन्ध नै नभए पनि के कारणले नेपालीहरू आफूलाई क्रिस्चियन बनाइरहेका छन् त भनेर हेर्दा यहाँ के भन्न सकिन्छ भने नेपाली समाज खासगरी २००७ सालको परिवर्तनपश्चात् जागरुक बन्दै जाँदा यहाँ हिन्दुधर्मका नाममा भएका, हुने गरेका र हँदै आएका भेदभावपूर्ण व्यवहारलाई जनताले बुझ्दै गएको र विस्तारै हिन्दु भनिएकाहरू पनि अन्य धर्मतिर आकर्षित भएको देखियो, जुन प्रक्रिया २००७ सालतिर सुरु भएर पनि पञ्चायतकालभरि निरन्तर बढिरह्यो ।
पञ्चायतको कठोर र असहज राजनीतिक व्यवस्थाबीच पनि त्यहाँ विभिन्न जनजागरणका कार्यक्रम थिए र तीमध्ये हिन्दुहरूमा माथिल्लो र तल्लो जातबीचको छुवाछूतको व्यवहारविरुद्धको जागरण अभियान एउटा सशक्त अभियान रहेको देखिन्छ । त्यसैले हिन्दुको जनसंख्या घट्नुमा एक त नेवारलगायत जनजातिले आफू बुद्धिस्ट भएको दाबी गर्नु र अर्को हिन्दु समाजभित्रकै पिलरका रूपमा रहेका कामी, दमाई÷धोबी र सार्की थरकाहरूका आज दलित भनेर चिनिनेहरूले आफूलाई छुवाछूत जस्तो अमानवीय चलनबाट टाढा राख्न अन्य धर्मतिर गएको देखिन्छ ।
यसरी २०६८ सालको जनगणनासम्म आउँदा कामी सयमा तीनभन्दा बढीले (३.३), दमाई÷धोबी सयमा दुईभन्दा बढीले (२.२) र सार्की (२.१) पनि त्यत्तिकै संख्यामा हिन्दु धर्म छोडेर अन्यत्र लागिसकेको देखियो ।

Copied from also click here to read more http://www.annapurnapost.com/news/51626


बाँकि भागका अंश


हिन्दु धर्मप्रतिको विकर्षण र अन्य धर्म खासगरी क्रिस्चियन धर्मप्रतिको आकर्षणमा पछाडिका कारण धेरै हुन सक्छन् । तर त्यसमध्ये एउटा कारण बुभm्न एक दिन कार्यालय जाँदै गर्दा मेरो र एकजना आफनो सानो तरकारी पसल कुर्दै गरेका रामेछाप, रस्नालु गाउँ घर भई २०५९ देखि ललितपुरको हात्तीवनमा बस्दै आएका गौरीबहादुर सुनुवारको संवादलाई यहाँ विश्लेषण गर्न सान्दर्भिक देखिन्छ ।


बिहान साढे आठ बजेतिर बाइबल पढ्दै र महत्त्वपूर्ण लागेका कुरालाई हाइलाइटरको सहायताले चिनो लगाउँदै गरेका उनीसँग करिब आधा घन्टा बसेर कुरा गर्दा आफ्नो सानो छोरा अति बिरामी भइरहेको र केही गरे पनि सञ्चो नभएको अवस्थामा चर्चमा जाँदा पनि सन्चो हुन सक्ने हल्लाका भरमा चर्च पुगेको र त्यसको केही समयपश्चात् छोराको रोग निको भएपश्चात् २०६३ बाट हिन्दु धर्म छोडेका रहेछन् ।

सार्की आदि दलित भनेर चिनिनेहरू आफूलाई छुवाछूत जस्तो अमानवीय चलनबाट टाढा राख्न अन्य धर्मतिर गएको देखिन्छ ।

छोराको बिमारी र धर्मका बीचमा कुनै खास तथ्य प्रस्तुत गर्न नसकेका कारण उनको क्रिश्चियन धर्मप्रतिको लगाव अन्य नेपालीको भन्दा फरक पाइएन । तर हिन्दु धर्मका नाममा आज भइरहेका केही सामाजिक कार्यका बारेमा कटाक्ष गर्दै उनले भनेका तलका वाक्यांश हिन्दु धर्मका हिमायती भन्नेहरूले मनन गरेर अगाडि बढ्नैपर्ने देखिन्छ । उनी भन्छन्, ‘तपाईंको हिन्दु धर्मले कुलमा एकजनाले मृत्युवरण गर्दा जहाँ जस्तो अवस्थामा रहेको भए पनि त्यो कुलका सदस्यले १३–१३ दिनसम्म नुन नखाएर र किरियामा बसेकाहरूलाई सहयोग गरेर बिताउनुपर्ने सिकाएको छ ।

पढ्दै र बुझ्दै जाँदा आज एउटा गरिब परिवारलाई दिनभर काम नगरी परिवारको पेट पाल्न मुस्किल हुने अवस्थामा १३–१३ दिन आसोच या जुठो बार्नुपर्ने यो रीतिरिवाज हामीजस्ता गरिब र दुःखीको विरोधी प्रावधान रहेको बुझेर मैले धर्म परिवर्तन गरेको ठीकै लाग्यो । अहिले मैले अपनाएको धर्ममा त्यस्तो छैन, जुन मलाई मन पर्छ ।'
सुनुवारका कुरा सुन्दै गर्दा हामीले हिन्दु धर्मका नाममा अपनाउँदै आएका संस्कारलाई समयानुकूल परिवर्तन नगर्नेे तर क्रिस्चियानिटी बढ्यो भनेर मात्रै रटान गर्ने हो भने उनीजस्ता धेरै नेपालीले धर्म परिवर्तन गरिरहने देखिन्छ । त्यसैले अब हिन्दु उच्च जातकाहरूले हाम्रोमा त जातीय छुवाछूत र भेदभाव नै छैन भनेर पन्छिन भन्दा आफ्ना पितापुर्खाले जानेर या नजानेर गरेका छुवाछूत र भेदभावपूर्ण व्यवहारलाई गल्ती हो र थियो भन्दै हिजो समाजमा तल्लो जात भई हेपिन बाध्यहरूका अगाडि गएर माफी माग्ने, अब आइन्दा यस्तो भेदभाव नहुने कुरामा विश्वस्त बनाउने काम गर्नुपर्छ ।
हामीले व्यवहारमा ल्याएको हिन्दु धर्मको अर्को नराम्रो पक्ष भनेको समाजका गरिब र दुःखीलाई बोलाएर खुवाउने र दानदक्षिणा दिने कामको खासै प्रोत्साहन नगरी समाजका हुनेखाने भइसकेका ब्राम्ह्ण र पण्डितलाई दान र दक्षिणा दिन प्ररित गर्नु हो ।

त्यस्तै माथि सुनारले भने झैँ हिन्दु धर्मका अभियन्ताले गरिब र दैनिक कमाइ गरेर खाने मजदुरविरोधी र आजको अवस्थामा अति झन्झटिलो देखिने किरिया बस्दा १३ दिन बस्नैपर्ने, महिला महिनावारी हुँदा चार दिनसम्म अछूत भई बार्नुपर्ने जस्ता प्रावधानहरूलाई कसरी समयसापेक्ष सुधार गर्न सकिन्छ भनेर बहस चलाउने, हिन्दुहरूले दानदक्षिणा दिँदा ब्राह्मण र पण्डित हैन, समाजका गरिब र निमुखालाई खोजेर दिनपर्नेलगायतका प्रावधानमा जोड दिने प्रकारको सामाजिक आन्दोलन नै छेड्न आवश्यक देखिन्छ भने राज्यले पनि किरियापुत्रीलाई दिइँदै आएको १३ दिन बिदालाई अन्त्य गर्दै आइन्दा तीन दिनमात्र बिदा उपलब्ध गराउनेलगायतका सुधारसहित आएमा मात्र विस्तारै हिन्दु धर्मबाट अन्यत्र जानेको संख्या घटाउन सकिएला ।