Friday, December 25, 2015

मधेसमा क्रिश्चियनको प्रभाव कमजोर

 सूचीसहित

१० पुस, काठमाडौं । नेपालमा क्रिश्चियन धर्म जनसंख्याको हिसाबले पाँचौं स्थानमा पर्छ । तर, पछिल्ला दिनमा क्रिश्चियन धर्मावलम्बीको प्रभाव विस्तार हुँदै गएको तथ्यांकले स्पष्ट पारेको छ ।
जनगणना ०५८ अनुसार नेपालमा १ लाख १ हजार ५ यस २० जना क्रिश्चियन थिए । ०६८ सालको जनगणनासम्म आइपुग्दा यो संख्या तेब्बर बढेर ३ लाख ७५ हजार ६ सय ९९ पुगेको छ ।
जनसंख्याको हिसाबले नेपालमा हिन्दु, बौद्ध, इस्लाम र किरातपछि क्रिश्चियन धर्मावलम्वीहरु आउँछन् ।


मधेसी समुदायमा क्रिश्चियनको प्रभाव कमजोर
विशेष गरी हिन्दु धर्म र जातीय भेदभावले आक्रान्त रहेको मधेसी समाजमा क्रिश्चियनको प्रभाव नगन्य रहेको तथ्यांकले देखाएको छ । मधेसमा मस्लिम र हिन्दु दुबै धर्मको प्रभाव बलियो रहेकाले क्रिश्चियनहरु पस्न नसकेको देखिन्छ ।
तथ्यांक अनुसार ०५८ को जनगणना अनुसार सप्तरीमा ६९ र सिरहामा १३३ जना मात्रै क्रिश्चियन देखाइएको थियो । ०६८ को जनगणनामा यो संख्या क्रमशः ३ सय र ३५३ मात्र छ ।
त्यस्तै पछिल्लो जनगणना अनुसार धनुषामा ६ सय ५२ र महोत्तरीमा ८ सय ७८ जना मात्रै क्रिश्चियन रहेको देखाइएको छ । सर्लाहीमा पहाडे समुदायको बाक्लो बसाइसँगै क्रिश्चियनको संख्या १७ सय ५२ पुगेको तथ्यांकमा उल्लेख छ । मधेसी बाहुल्य रौतहट, बारा र पर्सामा हजार/पन्ध्र सयको हाराहारीमा मात्रै क्रिश्चियन छन् ।

जहाँ पहाडे, त्यहाँ क्रिश्चियन बढी
Photo @online

मिथिला र भोजपुरामा क्रिश्चियनको प्रभाव न्यून देखिए पनि पहाडे समुदायको बाहुल्य रहेको झापा, मोरङ र सुनसरीमा ११ देखि १५ हजारसम्म क्रिश्चियनहरु छन् । ०५८ को तुलनामा यो दोब्बर संख्या हो ।
त्यस्तै चितवनमा १९ हजार, कैलालीमा १४ हजार र कञ्चनपुरमा ११ हजार क्रिश्चियन छन् । यी जिल्लामा क्रिश्चियनको प्रभाव बढिरहेको देखिन्छ
उपत्यका वरिपरि घेराबन्दी
क्रिश्चियन धर्मावलम्बीहरु उपत्यका र वरिपरिका जिल्लामा निकै बढेका छन् । ०५८ सालमा काठमाडौंमा साढे ८ हजारको संख्यामा रहेका क्रिश्चियन धर्मावलम्बीहरु ४० हजारमा पुगेका छन् ।
त्यस्तै ललितपुरमा पाँच हजारबाट बढेर २३ हजार पुगेको छ भने भक्तपुरमा ७ सयको संख्यामा रहेका क्रिश्चियनहरु बढेर ६ हजार हाराहारीमा पुगेका छन् ।
उपत्यका वरिपरि धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र रसुवा लगायतका जिल्लामा क्रिश्चियनको संख्या बढेको छ ।
किरात धर्मावलम्बीको बाहुल्य रहेका पूर्वी पहाडका जिल्लामा पनि क्रिश्चियन बढेको तथ्यांकले देखाएको छ ।
पश्चिमी जिल्लामा कमजोर प्रभाव
विसं. ०५८ को जनगणनामा कालिकोटमा एक जना पनि क्रिश्चियन नरहेको देखाइएको थियो । तर, ०६८ को जनगणना अनुसार ७५ जिल्लामा क्रिश्चियन धर्मावलम्बीहरु पुगिसकेका छन् । ०५८ सालमा हुम्लामा १ जना, मुगुमा ३ जना र डोल्पामा ४ जनामात्रै क्रिश्चियन धर्मावलम्बीहरु थिए । त्यस्तै दार्चुलामा ४ जना र बझाङमा ६ जनामात्रै क्रिश्चियन थिए । अहिले ती जिल्लामा सयभन्दा बढीको संख्यामा पुगेका छन् ।
यद्यपि देशका अन्य भागको तुलनामा भेरी कर्णालीमा क्रिश्चियनको संख्यामा खासै बढोत्तरी भएको देखिन्न । दलित समुदायको बाहुल्य रहेको जाजरकोटमा भने केही बढेको देखिएको छ ।
पहाडे समुदायको बाहुल्य रहेको सुर्खेत, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया लगायतका पश्चिमी तराईमा क्रिश्चियन धर्मावलम्बीको उल्लेख्य वृद्धि भएको छ ।

१० वर्षमा कति बढे क्रिश्चियन ?
क्र.संजिल्ला०५८ साल०६८ सालकैफियत
ताप्लेजुङ७२९१८७३
पाँचथर८७३३०३६
इलाम१६०१७२५२
झापा४८२४१५७४३
संखुवासभा९९९२३३१
तेह्रथुम५२०१०४१
भोजपुर४४१९८४
धनकुटा१२२८२९१०
मोरङ७२६३१५८४९
१०सुनसरी४७३२११३७९
११सोलुखुम्बु८८८२३४३
१२खोटाङ२०८३४३१८
१३ओखलढुंगा५८८१३६३
१४उदयपुर२३०९७५८९
१५सप्तरी१३३३००
१६सिरहा६९३५३
१७दोलखा५३४३०४१
१८रामेछाप९१३३१८८
१९सिन्धुली५४८२८९७
२०धनुषा२३०६५२
२१महोत्तरी२०५८७८
२२सर्लाही४९८१७५२
२३रसुवा५४११८६२
२४धादिङ११४३४२१२४३
२५नुवाकोट१४८१४४६२
२६काठमाडौं८५८२४०५९२
२७ललितपुर५६३४२३४८९
२८भक्तपुर७९५५९८८
२९काभ्रे११२८६७८६
३०सिन्धुपाल्चोक९२३५२८०
३१मकवानपुर८१२९२०३५४
३२रौतहट२०९१०४९
३३बारा४८२१६२१
३४पर्सा३०१७५३
३५चितवन३६१४१९६८२
३६गोरखा२२६२८८६०
३७मनाङ२८९३
३८लमजुङ६४४३०००
३९कास्की३०१६१०५३८
४०तनहुँ९५८५४६७
४१स्याङ्जा२११५८२
४२गुल्मी११३५६२
४३पाल्पा३९०२२९४
४४अर्घाखाँची३३२१८
४५नवलपरासी३६१११११८०
४६रुपन्देही१५०१५८२४
४७कपिलवस्तु१२०१११५
४८मुस्ताङ४९१५२
४९म्याग्दी३६०१५१३
५०बाग्लुङ२५८१६८३
५१पर्वत१०८६६६
५२रुकुम४०७३३१७
५३रोल्पा२८७३८७१
५४प्युठान२६५५४
५५सल्यान२००३११४
५६दाङ६४०७४३१
५७डोल्पा१४०
५८मुगु११३
५९जुम्ला१११७१४
६०कालीकोट१३८
६१हुम्ला१००
६२जाजरकोट८६१४९१
६३दैलेख७६१२०१
६४सुर्खेत२०१९१२०२२
६५बाँके१३७२६४६६
६६बर्दिया१५३१९२४१
६७बाजुरा६१८२
६८अछाम४२३४४
६९बझाङ५१
७०डोटी४७२७३
७१कैलाली२१२६१४४९३
७२ दार्चुला७४
७३बैतडी४३५४
७४डडेलधुरा१७१४७३
७५कञ्चनपुर३५९०११९६२
कूल७५ जिल्ला१०१५२०३७५६९९
२०७१ पुष १० गते १७:५८ मा प्रकाशित #Copied from Online Khabar

No comments:

Post a Comment